शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

रारा विमानस्थलमा चार दिनदेखि हवाई सेवा अवरुद्ध, हुम्लामा पनि उडान ठप्प

images
शनिबार, असार २२ २०८१
images
रारा विमानस्थलमा चार दिनदेखि हवाई सेवा अवरुद्ध, हुम्लामा पनि उडान ठप्प

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटक रारा विमानस्थलबाट हवाई यात्रा गर्ने गर्दछन्। यो विमानस्थलमा निजी तथा सरकारी स्वामित्वको विमानले दैनिक तीन/चार उडान भर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जनाएको छ।

images
images

मुगु- हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन्। 

images
images
images

निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ। विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा  मर्कामा परेका छन्। तीन दिनदेखि जहाजको प्रतीक्षामा रहेका हरिकृष्ण ऐडीले शुक्रबार बसमा काठमाडौं जानुपरेको बताए।

images
images

'मौसममा सुधार आउने अवस्था नदेखेपछि बसको टिकट काट्न बाध्य भए', उनले भने।

images
images

निरन्तरको वर्षाले चार दिनदेखि नेपालगञ्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताए। उनका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगञ्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगञ्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिएका छन्। आज पनि मौसमका कारण उडान हुने सम्भावना न्यून छ।

हवाईसेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन्। हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ। खराब मौसमका कारण बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन कार्यालय सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए। हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन्।

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटक रारा विमानस्थलबाट हवाई यात्रा गर्ने गर्दछन्। यो विमानस्थलमा निजी तथा सरकारी स्वामित्वको विमानले दैनिक तीन/चार उडान भर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जनाएको छ। रासस


प्रकाशित : शनिबार, असार २२ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend