शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विद्युतीय ट्याक्सी एक्सप्रेस-टीको बालकुमारीस्थित सर्भिस सेन्टर १५ घण्टा खुला हुने

शुक्रबार, असार २१ २०८१
विद्युतीय ट्याक्सी एक्सप्रेस-टीको बालकुमारीस्थित सर्भिस सेन्टर १५ घण्टा खुला हुने

‘एक्सप्रेस-टी’ मा १ वर्षको गाडी बीमा, ३ वर्षसम्मको निःशुल्क सर्भिसिङ साथै १ लाख ६० हजार किलोमिटरसम्मको ब्याट्री र मोटरमा वारेन्टीको सुविधा कम्पनीले उपलब्ध गराएको छ।

काठमाडौं- ‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सीको बालकुमारीस्थित सर्भिस सेन्टर अब बिहान ६ः३० बजेदेखि ९ः३० बजेसम्म खुला रहने भएको छ। यसअघि सर्भिस सेन्टर ९ः३० बजेदेखि ५ः३० बजेसम्म खुल्ला हुने गरेको थियो। 

ग्राहकको सुविधालाई ध्यानमा राखि सर्भिस सेन्टरबाट प्रवाह हुने कामको समय अवधि थप गरिएको हो। एक्सप्रेस-टी विद्युतीय ट्याक्सीको सर्भिसिङ तथा चार्जिङ सुविधासहितको यस सर्भिस सेन्टरमा थप कार्य समयमार्फत ग्राहक सेवालाई परिस्कृत पारिएको कम्पनीले जनाएको छ। 

बालकुमारी एक्सप्रेस टीको लागि थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्टस)शोरुमका रुपमा सिप्रदी ट्रेडिङ प्रालिले डेडिकेटेड गरेको हो। यहाँबाट एक्सप्रेस-टीको लागि सेल्स, स्पेयर र सर्भिस गरेर सबै सुविधाहरु उपलब्ध रहेको छ।

‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा सञ्चालकहरुले मन पराएका छन्। नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बुट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी रोजाइमा परेको हो। 

‘एक्सप्रेस-टी’ मा १ वर्षको गाडी बीमा, ३ वर्षसम्मको निःशुल्क सर्भिसिङ साथै १ लाख ६० हजार किलोमिटरसम्मको ब्याट्री र मोटरमा वारेन्टीको सुविधा कम्पनीले उपलब्ध गराएको छ। 

बालकुमारीका साथै भक्तपुर, गोंगबु तथा कपनमा पनि ‘एक्सप्रेस-टी’ को लागि फास्ट चार्जरको व्यवस्था रहेको छ। छिट्टै खाडीचौर र कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया सुरु भइसकेको कम्पनीले जनाएको छ। 


प्रकाशित : शुक्रबार, असार २१ २०८११७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend