शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो रिभ्युका लागि लेखापरीक्षक छनौटको म्याद असार मसान्तसम्म थप

शुक्रबार, असार २१ २०८१
वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो रिभ्युका लागि लेखापरीक्षक छनौटको म्याद असार मसान्तसम्म थप

काठमाडौं- १० ठुला वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो रिभ्युका लागि अन्तर्राष्ट्रिय स्वतन्त्र लेखापरीक्षण छनौटको म्याद ८ दिन थप भएको छ।

अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफले विस्तारित कर्जा सुविधा (ईसीएफ) मा १० ठूला वाणिज्य बैंकहरूको कर्जाको लेखा परीक्षण अन्तर्राष्ट्रिय लेखापरीक्षकमार्फत हुनुपर्ने सर्त राखेको थियो। 

आईएमएफको उक्त सर्त पूरा गर्नका लागि राष्ट्र बैंकले वाणिज्य बैंकहरूको कर्जा फोर्टफोलियो लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक बोलपत्र आह्वान गरिसकेको छ। 

बैंकहरूको कर्जाको लेखापरीक्षणका लागि ५ विदेशी स्वतन्त्र प्रारम्भिकरुपमा छनौट भएका छन्। उक्त ५ मध्ये कुनै एक फर्मलाई लेखापरीक्षणको जिम्मा दिने तयारीमा राष्ट्र बैंक छ।

प्राप्त गोप्य शिलबन्दीका आधारमा आगामी असार ३१ गते १० ठूला वाणिज्य बैंकहरूको लेखापरीक्षणका लागि स्वतन्त्र लेखापरीक्षक छनौट हुनेछ।

राष्ट्र बैंकको सम्पत्ति व्यवस्थापन विभागले अन्तर्राष्ट्रिय लेखापरीक्षण नियुक्तिका लागि बोलपत्र आह्वान गरिसकेको छ। नेपालमा काम गरिरहेका विदेशी लेखापरीक्षकलाई समेत लोन पोर्टफोलियो रिभ्युका लागि आवेदन दिनसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो।

लोन पोर्टफोलियो रिभ्युका लागि अन्तर्राष्ट्रिय लेखापरीक्षकहरूले दिएको आवेदनका आधारमा नेदरल्याण्डको कम्पनी डेलोइटेट फाइनान्सियल एडभाइजरी, जेभी सीएससी एण्ड कम्पनी, जेभी एसआरवीए एण्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेण्ड, भारतको एपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिस र पाकिस्तानको एपीएमजी तासेर हादी एण्ड कम्पनी सर्टलिस्ट भएका छन्। 

यिनै सटलिस्ट भएका लेखापरीक्षकहरूले एक वा एकभन्दा बढी कम्पनीलाई बैंकहरूको लेखापरीक्षणको जिम्मा दिनेछ। राष्ट्र बैंक हाल मूल्यांकन तथा ठेक्का प्रक्रियामा रहेको छ। ठेक्का प्रक्रिया ४५ दिनको हुने गर्दछ।


प्रकाशित : शुक्रबार, असार २१ २०८११६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend