शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

तोलामा एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २१ २०८१
तोलामा एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

चाँदीको मूल्य बिहीबार प्रतितोला १ हजार ८ सय ६५ मा कारोबार भएकामा आज शुक्रबारका लागि भने १ हजार ८ सय ७० रुपैयाँ निर्धारण भएको छ।

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। आज शुक्रबार सुन तोलामा एक सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन प्रतितोला एक सय रुपैयाँले वृद्धि भएको हो। बिहीबार प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबारका लागि भने १ लाख ४४ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

तेजाबी सुन बिहीबार प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भएकामा आज शुक्रबारका लागि १ लाख ४३ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य बिहीबार प्रतितोला १ हजार ८ सय ६५ मा कारोबार भएकामा आज शुक्रबारका लागि भने १ हजार ८ सय ७० रुपैयाँ निर्धारण भएको छ। 


प्रकाशित : शुक्रबार, असार २१ २०८१११:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend