शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

बिहीबार , असार २० २०८१
पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

हाल ५६ जिल्लामा सेवा दिइरहेको बैंकले यसै आवमा थप ४ शाखाहरु विस्तार गरेर आगामी दिनमा ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९३औँ शाखा गण्डकी प्रदेश, कास्कीको पोखरा महानगरपालिका बिरौटामा सञ्चालनमा ल्याएको छ।

बिरौटामा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे। यससँगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १४ पुगेका छन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवासुविधा पुर्‍याउने क्रममा पोखरामा थप एक शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बताए।

सुविधासम्पन्न यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ। नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरु पहिलो वर्ष नि:शुल्क प्राप्त गर्न सकिनेछ।

डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ। साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २ सय ५५ र पहिलो वर्ष लकर शुल्कमा ५ सय ५ छुट उपलब्ध रहेको छ।

बिरौटामा आफ्नो नयाँ शाखाको शुभारम्भ गरेको दिनमा नै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा १७ छोरेपाटनमा अवस्थित श्री गुप्तेश्वर महादेव वेदविज्ञान पाठशालालाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको छ। पाठशालामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सहयोगस्वरुप सामाग्रीहरु हस्तान्तरण गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले पाठशालामा आवासीय रुपमा रहेर संस्कृत अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफू हर्षित भएको जानकारी गराए।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ९३ वटा शाखा, १ सय ५६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १७ लाख ६० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

हाल ५६ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ४ शाखाहरु विस्तार गरेर आगामी दिनमा ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ। रासस रासस


प्रकाशित : बिहीबार , असार २० २०८११२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend