शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला एक हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार , असार २० २०८१
प्रतितोला एक हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले बढ्दा चाँदी प्रतितोला ४० रूपैयाँले महँगिएको छ।

काठमाडौं- यो साता लगातार उकालो लागिरहेको सुनको मूल्य बिहीबार पनि प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको छ।

बुधबार प्रतितोला एक लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ४४ हजार तीनसय रूपैयाँ पुगेको छ। तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ४३ हजार ६ सय कायम छ।

आइतबार र सोमबार प्रतितोला दुई-दुई सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला एकसय रूपैयाँले बढेको थियो। बुधबार प्रतितोला चारसय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार पनि महँगिएको हो।

यो साता लगातार दुईदिन स्थिर रहेर मंगलबार प्रतितोला १५ रूपैयाँ र बुधबार तोलामा २० रूपैयाँले बढेको चाँदीको मूल्यमा पनि बिहीबार प्रतितोला ४० रूपैयाँले वृद्धि भएको छ। 

बुधबार प्रतितोला एक हजार ८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला एक हजार ८ सय ६५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : बिहीबार , असार २० २०८१११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend