शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

नवजात शिशुहरुको १८ वर्षे मुद्दती खाता खोल्नेगरी चन्द्रागिरि नगरपालिका र एनआईसी एसिया बैंकबीच सम्झौता

बुधबार, असार १९ २०८१
नवजात शिशुहरुको १८ वर्षे मुद्दती खाता खोल्नेगरी चन्द्रागिरि नगरपालिका र एनआईसी एसिया बैंकबीच सम्झौता

यस नगरमा स्थायी बसोबास गर्नेहरुका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुन सक्नेछन् र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ। यस योजनामा सामेल हुने ग्राहकहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्ने जनाएको छ।

काठमाडौं- चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एनआईसी एसिया बैंक बीच सम्झौता सम्पन्न भएको छ।

नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ साझेदारको रुपमा एनआईसी एसिया बैंक छनौट भइ मुद्दती खाता यस बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंक बीच सम्झौता भएको हो। उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनिया र चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरेका छन्।

चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिकाभित्र मिति २०८० साउन १ गते वा सो मितिभन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगेपश्चात् परिपक्क हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधिबमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ।

नगरपालिकाको कार्यविधिअनुसार यस नगरमा स्थायी बसोबास गर्नेहरुका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुन सक्नेछन् र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ।

चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५-५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एनआईसी एसिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ। यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ।

यस योजनामा सामेल हुने ग्राहकहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्ने जनाएको छ।

चन्द्रागिरि नगरपालिकामा जन्मिने बालबालिकाहरू १८ वर्ष पार गर्दैगर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्दै समग्र नगर क्षेत्रको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि कोसेढुंगाको भूमिका निर्वाह गर्ने नगरपालिका र बैंकको विश्वास छ।


प्रकाशित : बुधबार, असार १९ २०८११६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend