शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

लगातार उकालो लाग्दै सुनको मूल्य, आज प्रतितोला चारसयले बढ्यो

बुधबार, असार १९ २०८१
लगातार उकालो लाग्दै सुनको मूल्य, आज प्रतितोला चारसयले बढ्यो

यो साता तीन दिनमा पाँचसयले बढेको सुनको मूल्य बुधबार प्रतितोला चारसय रूपैयाँले वृद्धि भएको हो। चाँदी प्रतितोला २० रूपैयाँले बढेको छ।

काठमाडौं- सुनको मूल्य लगातार उकालो लाग्दै बुधबार प्रतितोला एक लाख ४२ हजार सातसय रूपैयाँ पुगेको छ।

यो साता तीन दिनमा पाँचसय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला चारसय रूपैयाँले वृद्धि भएको हो।

बुधबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रूपैयाँ कायम रहेको छ।

आइतबार र सोमबार प्रतितोला दुई-दुई सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला एकसय रूपैयाँले बढेको थियो। मंगलबार सुन प्रतितोला एक लाख ४२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

लगातार दुईदिन स्थिर रहेर मंगलबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार पनि बढेको छ।

बुधबार चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, असार १९ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend