शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सेयर बजारमा उछाल : रोकिएको कारोबार खुल्नासाथ एक मिनेटमै दोस्रो सर्किट ब्रेक

मंगलबार, असार १८ २०८१
सेयर बजारमा उछाल : रोकिएको कारोबार खुल्नासाथ एक मिनेटमै दोस्रो सर्किट ब्रेक

काठमाडौं- सत्ता गठबन्धन फेरिने भएसँगै सेयर बजारका लगानीकर्ताले त्यसको स्वागत गरेका छन्। 

मंगलबार कारोबार सुरु भएको १ मिनेट २० सेकेण्डमै उचालिएको बजार पहिलो 'सर्किट ब्रेक' लागेपछि २० मिनेटका लागि रोकिएको थियो। त्यसपछि पनि कारोबार सुरु भएको एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको छ। दोस्रो सर्किट ब्रेकपछि कारोबार ४० मिनेटका लागि रोकिएको छ।  

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रोमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा 'सर्किट ब्रेक' लाग्ने व्यवस्था छ।

सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतारचढावमा कारोबार स्थगन गर्ने प्रणाली 'सर्किट ब्रेक' हो।

दोस्रो सर्किट ब्रेक लाग्दा बजार १०२.६८ अंकले बढेको छ। सूचीकृत २३२ कम्पनीको सेयर मूल्य बढेको छ भने एउटा कम्पनीको मूल्यमा भने परिवर्तन भएको छैन। 


प्रकाशित : मंगलबार, असार १८ २०८१११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend