शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सरकार परिवर्तन हुने भएपछि सेयर बजारमा उछाल, २० मिनेटका लागि कारोबार बन्द

मंगलबार, असार १८ २०८१
सरकार परिवर्तन हुने भएपछि सेयर बजारमा उछाल, २० मिनेटका लागि कारोबार बन्द

काठमाडौं- सरकार परिवर्तन हुने भएपछि सेयर बजारमा उछाल आएको छ। नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजार खुलेसँगै सर्किट लागेर २० मिनेटका लागि बजार बन्द भएको छ। 

मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४.१ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको हो। २० मिनेटपछि नेप्सेमा पुनः सेयर कारोबार खुल्नेछ। 

८ करोड ६९ लाख रुपैयाँको कारोबार हुँदा २ लाख २४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।  


प्रकाशित : मंगलबार, असार १८ २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend