शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

images
मंगलबार, असार १८ २०८१
images
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

यो साता आइतबार र सोमबार स्थिर रहेको चाँदीको मूल्य पनि मंगलबार सामान्य बढेको छ।

images
images

काठमाडौं- यो साता सुनको मूल्य लगातार बढिरहेको छ। आइतबार र सोमबार प्रतितोला दुई-दुई सय रूपैयाँले बढेको सुनको मूल्यमा मंगलबार पनि सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images
images

प्रतितोला एकसय रूपैयाँले बढेर मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार तीनसय रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६ सय कायम रहेको छ।

images
images

सुन सोमबार प्रतितोला एक लाख ४२ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।

images
images

आइतबार र सोमबार स्थिर रहेको चाँदीको मूल्य पनि मंगलबार सामान्य बढेको छ।

आइतबार र सोमबार प्रतितोला एक हजार ७ सय ९० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय पाँच रूपैयाँ पुगेको छ।


प्रकाशित : मंगलबार, असार १८ २०८१११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend