शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

मंगलबार, असार १८ २०८१
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

यो साता आइतबार र सोमबार स्थिर रहेको चाँदीको मूल्य पनि मंगलबार सामान्य बढेको छ।

काठमाडौं- यो साता सुनको मूल्य लगातार बढिरहेको छ। आइतबार र सोमबार प्रतितोला दुई-दुई सय रूपैयाँले बढेको सुनको मूल्यमा मंगलबार पनि सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतितोला एकसय रूपैयाँले बढेर मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार तीनसय रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६ सय कायम रहेको छ।

सुन सोमबार प्रतितोला एक लाख ४२ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार र सोमबार स्थिर रहेको चाँदीको मूल्य पनि मंगलबार सामान्य बढेको छ।

आइतबार र सोमबार प्रतितोला एक हजार ७ सय ९० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय पाँच रूपैयाँ पुगेको छ।


प्रकाशित : मंगलबार, असार १८ २०८१११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend