शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

अर्थ मन्त्रालयले निकासा गर्‍यो दीर्घरोगी बिरामीका लागि ३५ करोड २६ लाख

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १७ २०८१
अर्थ मन्त्रालयले निकासा गर्‍यो दीर्घरोगी बिरामीका लागि ३५ करोड २६ लाख

काठमाडौं- अर्थ मन्त्रालयले दीर्घरोगीहरुका लागि औषधिउपचार खर्चबापत ३५ करोड २६ लाख १९ हजार रुपैयाँ निकासा गरेको छ। 

अर्थमन्त्री वर्षमान पुनले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकाशा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन्। 

उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार पाउँदै आएका छन्। स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए। 

चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट उक्त रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ। उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुनेछ।


प्रकाशित : सोमबार, असार १७ २०८११६:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend