शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कुपण्डोलको होटल हिमालयमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

सोमबार, असार १७ २०८१
कुपण्डोलको होटल हिमालयमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई ललितपुरको कुपण्डोलस्थित होटल हिमालयका विभिन्न सेवासुविधामा विशेष छुट मिल्ने भएको छ। एक समारोहका बिच छुट दिनेसम्बन्धी सम्झौता भएको हो।

सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रविन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भूपेश लेखकले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय ७ शाखा कार्यालयहरु, २ सय ८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।


प्रकाशित : सोमबार, असार १७ २०८११६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend