शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

उतारचढावमा देखिएको सेयर बजार दोहोरो अंकको वृद्धितर्फ

सोमबार, असार १७ २०८१
उतारचढावमा देखिएको सेयर बजार दोहोरो अंकको वृद्धितर्फ

काठमाडौं- गएको साता सामान्य उतारचढावमा रहेको सेयर बजारमा यो साता पनि उस्तै उतारचढाव देखिएको छ। यो साता आइतबार १४.८३ अंकले घटेको बजार सोमबार भने वृद्धितर्फ देखिएको छ। 

सोमबार १६.२९ अंकले बढेर बजार २०५३.३८ बिन्दुमा पुगेको छ। १७६ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ। ६० कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।   

गएको साता आइतबार ५.३७ अं‌कले घटेको बजार सोमबार ३.२१ अंकले बढेको थियो। मंगलबार पनि सेयर बजार ५.६० अंकले बढेको थियो। बुधबार ११.६० अंकले घटेको थियो। बिहीबार ८.२४ अंकले घटेर बजार २०५१.९२ बिन्दुमा झरेको थियो।

कमजोर भइरहेको बजार वृद्धितर्फ जाने अपेक्षाविपरीत बढीजसो ओरालोतिर नै लागिरहेको छ। सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै सेयर बजारमा ओरालो गति नै बढी देखिएको हो। कुनै दिन वृद्धितर्फको संकेत गरे पनि बजारले उल्लेख्य वृद्धि समात्न सकेको छैन। 

२०७८ भदौ २ नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ बिन्दुमा पुगेको थियो। तर त्यसयता उतारचढावबीच घटिरहेको बजार सम्हालिन सकेको थिएन। केही दिन वृद्धितर्फ देखिए पनि स्थायी सुधारका आधारहरू भेटिएका छैनन्। 

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।

विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिएको बजारमा केही संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा भए पनि बजारले गति लिन सकेको छैन।

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बजार धरमर नै भइरहेको हो। लामो समयदेखि बजार उतारचढावबीच २००० देखि २१०० बिन्दुकै आसपासमा छ। 


प्रकाशित : सोमबार, असार १७ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend