आइतबार, भदौ २३ गते २०८१    
images
images

२०२४ को ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक आए नेपाल भ्रमणमा

images
सोमबार, असार १७ २०८१
images
images
२०२४ को ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक आए नेपाल भ्रमणमा
images
images

काठमाडौं- सन् २०२४ को जनवरीदेखि जुनसम्ममा ५ लाख ८३ हजार १६ पर्यटकले नेपाल भ्रमण गरेका छन्। 

images
images
images

अध्यागमन विभागमार्फत पर्यटन बोर्डबाट जारी भएको तथ्यांकअनुसार सन् २०२४ को ६ महिनमा ५ लाख ८३ हजार १६ पर्यटकले नेपाल भ्रमण गरेका हुन्। 

सन् २०२४ को जुन महिनामा ७६ हजार ७ सय ३६ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो संख्या सन् २०२३ को सोही अवधिको भन्दा बढी हो। २०२३ को जुनमा ७२ हजार २ सय ५० जना पर्यटक नेपाल भ्रमणका आएका थिए।

जुनमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्। ३७ हजार ८ सय ३५ जना पर्यटक भारतबाट नेपाल भ्रमणका आएका छन्। जुन संख्या २०२३ को भन्दा कम हो। सन् २०२३ को जुनमा ३८ हजार ८ सय ४५ जना भारतीय पर्यटक नेपाल भ्रमणका आएका थिए। 

images

यसैगरी जुनमा चीनबाट ७ हजार ४ सय ९४ जना र अमेरिकाबाट ८ हजार २ सय ८१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

यसअघि मे महिनामा ९० हजार २ सय ११ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। गएको मे महिनामा सबैभन्दा बढी ३८ हजार २ सय ८८ पर्यटक भारतबाट आएका छन्। अमेरिकाबाट ८ हजार ५ सय २७ र चीनबाट ८ हजार ३ सय ८१ पर्यटक नेपाल आएका छन्। 

कुन महिना कति?

जुन - ७६७३६

मे -९०२११

अप्रिल - १११३७६

मार्च - १२८१६७

फेब्रुअरी - ९७४२६

जनवरी - ७९१००


प्रकाशित : सोमबार, असार १७ २०८११४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend