शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

चाँदीको मूल्य आज पनि स्थिर, सुनको प्रतितोला दुईसयले बढ्यो

सोमबार, असार १७ २०८१
चाँदीको मूल्य आज पनि स्थिर, सुनको प्रतितोला दुईसयले बढ्यो

आइतबार प्रतितोला दुईसय रूपैयाँले बढेको सुनको मूल्य आज पनि प्रतितोला दुईसय रूपैयाँले वृद्धि भएको छ। चाँदीको मूल्य भने स्थिर छ।

काठमाडौं- सुनको मूल्य यो साता लगातार दोस्रो दिन पनि उकालो लागिरहँदा चाँदीको मूल्य भने स्थिर छ।

आइतबार प्रतितोला दुईसय रूपैयाँले बढेको सुनको मूल्य आज पनि प्रतितोला दुईसय रूपैयाँले वृद्धि भएको छ। आज सुन प्रतितोला एक लाख ४२ हजार दुईसय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ४१ हजार पाँचसय रूपैयाँ तोकिएको छ।

सुन आइतबार प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भएको थियो।

आइतबार स्थिर रहेको चाँदीको मूल्यमा भने सोमबार पनि कुनै परिवर्तन आएको छैन।

आइतबार प्रतितोला एक हजार ७ सय ९० रूपैयाँ मूल्य कायम भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, असार १७ २०८११०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend