सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

२५ विद्युतीय माइक्रोबस र ५ स्कुटर किन्न साझाले निकालेको टेण्डर रद्द

images
सोमबार, असार १७ २०८१
images
२५ विद्युतीय माइक्रोबस र ५ स्कुटर किन्न साझाले निकालेको टेण्डर रद्द

टेण्डर आएसँगै गैह्रकानूनी टेण्डर भएको भन्दै साझा यातायातमा खैलाबैला भएको थियो। टेण्डर निकालेको केही दिनमै साझाले प्रि बिड मिटिङ गरेको थियो।

images
images

काठमाडौं- साझा यातायातले विद्युतीय माइक्रोबस खरिद गर्न गरेको टेण्डर रद्द गरेको छ। काडमाडौंमा दर्ता गर्न नमिल्ने स्पेसिफिकेसनको विद्युतीय माइक्रोबसका लागि टेण्डर भएकाले साझाले साे टेण्डर रद्द गरेको हो। 

images
images
images

साझाले गएको सोमबार एक सूचना जारी गर्दै २५ वटा विद्युतीय माइक्रोबस किन्न टेण्डर निकालेको थियो।

images
images

पछिल्लो सयम नेपाली बजारमा विद्युतीय माइक्रोबस आयात तथा प्रयोग बढ्दै गएको छ। एक दर्जनभन्दस बढी चिनियाँ ब्रान्डका विद्युतीय माइक्रो तथा भ्यान उपलब्ध छन्। छोटो तथा मध्य दुरीक रूटहरूमा विद्युतीय माइक्रोबस सञ्चालन गर्नेको संख्या बढ्दै गइरहेको छ।

images
images

यही कुरालाई मध्यनजर गर्दै साझा यातायातले पनि विद्युतीय माइक्रोबस किन्न लागेको थियो। विद्युतीय माइक्रोबस कुन रूटमा चलाउने भन्ने खुलेको छैन। 

साझाले टेण्डरमा सहभागी हुन इच्छुक कम्पनी तथा फर्महरूसँग जुन २३ मा प्रि-बिड मिटिङ राखेको थियो। 

साथै साझा यातायातले ५ वटा विद्युतीय स्कुटर पनि किन्न भएको थियो। एकैपटक गरिएको सो टेण्डर पनि रद्द भएको छ। 

टेण्डर आएसँगै गैह्रकानूनी टेण्डर भएको भन्दै साझा यातायातमा खैलाबैला भएको थियो। टेण्डर निकालेको केही दिनमै साझाले प्रि बिड मिटिङ गरेको थियो। 

सो छलफलमा आएको टेण्डरबाट खरिद गरिने विद्युतीय माइक्रोबस उपत्यका बाहिर चलाउने र उपत्यकामा चलाउन मिल्ने गरी अर्को टेण्डर गर्नेबारे समेत छलफल भएको थियो। तर साझाले अन्तिममा विवादमा पर्न नहुने भन्दै टेण्डर नै रद्द गर्ने निर्णयमा पुगेको हो। 

यस्तो छ साझाले किन्न लागेको २५ विद्युतीय माइक्रोबसको ‘स्पेसिफिकेसन’ यस्तो छ साझाले किन्न लागेको २५ विद्युतीय माइक्रोबसको ‘स्पेसिफिकेसन’   साझा यातायातले २५ वटा विद्युतीय माइक्रोबस किन्दै साझा यातायातले २५ वटा विद्युतीय माइक्रोबस किन्दै

 


प्रकाशित : सोमबार, असार १७ २०८११०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend