सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

साझा यातायातले २५ वटा विद्युतीय माइक्रोबस किन्दै

५ वटा विद्युतीय स्कुटरका लागि पनि टेण्डर

images
सोमबार, जेठ २८ २०८१
images
साझा यातायातले २५ वटा विद्युतीय माइक्रोबस किन्दै

साझाले टेण्डरमा सहभागी हुन इच्छुक कम्पनी तथा फर्महरूसँग जुन २३ मा प्रि-बिड मिटिङ राखेको छ।

images
images

काठमाडौं- साझा यातायातले पनि विद्युतीय माइक्रोबस सञ्चालन गर्ने भएको छ। साझाले विद्युतीय माइक्रोबस सञ्चालनका लागि खरिद टेण्डर निकालेको हो।

images
images
images

साझाले सोमबार एक सूचना जारी गर्दै २५ वटा विद्युतीय माइक्रोबस किन्न टेण्डर निकालेको छ।

images
images

पछिल्लो सयम नेपाली बजारमा विद्युतीय माइक्रोबस आयात तथा प्रयोग बढ्दै गएको छ। एक दर्जनभन्दस बढी चिनियाँ ब्रान्डका विद्युतीय माइक्रो तथा भ्यान उपलब्ध छन्। छोटो तथा मध्य दुरीक रूटहरूमा विद्युतीय माइक्रोबस सञ्चालन गर्नेको संख्या बढ्दै गइरहेको छ।

images
images

यही कुरालाई मध्यनजर गर्दै साझा यातायातले पनि विद्युतीय माइक्रोबस किन्न लागेको हो। विद्युतीय माइक्रोबस कुन रूटमा चलाउने भन्ने नखुले पनि साझाले विद्युतीय माइक्रोबस उपत्यकाकै रूटहरूमा चलाउने छ।

साझाले टेण्डरमा सहभागी हुन इच्छुक कम्पनी तथा फर्महरूसँग जुन २३ मा प्रि-बिड मिटिङ राखेको छ। त्यस्तैगरि जुलाई १० तारिखमा साझा यातायातले टेण्डर खोल्ने जनाएको छ। 

विद्युतीय माइक्रोबसको टेण्डरमा सहभागी हुने कम्पनीले ३० लाख रूपैयाँ बिड सेक्युरिटी रकम जम्मा गर्नुपर्ने छ। 

साथै साझा यातायातले ५ वटा विद्युतीय स्कुटर पनि कुन्ने भएको छ। विद्युतीय माइक्रोबससँगै साझाले ५ वटा विद्युतीय स्कुटर किन्न टेण्डर गरेको हो।

स्कुटरको बिड सेक्युरिटी रकम ३० हजार रूपैयाँ तोकिएको छ भने प्रि-बिड मिटिङ र टेण्डर खोलिने मिति विद्युतीय माइक्रोबसकै रहेको छ। यसकालगि समय भने अलग्गै तोकिएकप छ।


प्रकाशित : सोमबार, जेठ २८ २०८१०८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend