शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

एनआईसी एसिया बैंकद्वारा मास्टरकार्ड इसुयन्स सेवा शुभारम्भ

आइतबार, असार १६ २०८१
एनआईसी एसिया बैंकद्वारा मास्टरकार्ड इसुयन्स सेवा शुभारम्भ

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- एनआईसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड इसुयन्स सेवा शुभारम्भ गरेको छ। आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त सेवाको शुभारम्भ गरिएको हो।

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्। जसमा अत्याधुनिक सुरक्षा प्रविधि (ईएमभी चिप) तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधिसमेत प्रयोग गरिएको छ।

यस कार्डमार्फत ग्राहकहरुले नेपाल, भारत र भुटानबाट एटीएम विथड्रअलको साथमा पीओएस तथा ई-कमर्स भुक्तानीलगायतको सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।

‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्ड बीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्‍याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ।

एनआईसी एसिया बैंकले हालसम्म भिजा कार्डबाट सेवा प्रदान गरिरहेको थियो।

एनआईसी एसिया बैंकले मुलुकभर रहेका आफ्ना ३ सय ६० शाखा कार्यालयहरू, ६ सय ७० एटीएम, १ सय १८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ।


प्रकाशित : आइतबार, असार १६ २०८११६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend