आइतबार, भदौ २३ गते २०८१    
images
images

सेयर बजारमा यो साताको पहिलो कारोबार पनि ओरालोतिरै

images
आइतबार, असार १६ २०८१
images
images
सेयर बजारमा यो साताको पहिलो कारोबार पनि ओरालोतिरै

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बजार धरमर नै भइरहेको छ।

images
images

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको सेयर बजारमा यो साताको पहिलो कारोबार पनि ओरालोतिरै लागेको छ।

images
images
images

गएको साता तीन कारोबारमा घटेर दुई कारोबारमा भने उकालो लागेको सेयर बजारले वृद्धितर्फको संकेत गरे पनि उल्लेख्य वृद्धि समात्न सकेको छैन। यो साता पनि आइतबार वृद्धिको अपेक्षाविपरीत बजारमा दोहोरो अंकको गिरावट आएको छ।

आइतबार १४.८३ अंकले घटेर २०३७.०९ बिन्दुमा पुगेको बजारमा तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार रूपैयाँको कारोबार भएको छ। ४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ९० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ७ वटा कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन।

कमजोर भइरहेको बजार वृद्धितर्फ जाने अपेक्षाविपरीत बढीजसो ओरालोतिर नै लागिरहेको छ। विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बजार धरमर नै भइरहेको हो। 

images

२०७८ भदौ २ नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ बिन्दुमा पुगेको थियो। तर त्यसयता उतारचढावबीच घटिरहेको बजार सम्हालिन सकेको थिएन। केही दिन वृद्धितर्फ देखिए पनि स्थायी सुधारका आधारहरू भेटिएका छैनन्। 

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। लामो समयदेखि बजार उतारचढावबीच २००० देखि २१०० बिन्दुकै आसपासमा छ।


प्रकाशित : आइतबार, असार १६ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend