शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

आइतबार, असार १६ २०८१
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

यस्तै तेजाबी सुन आज प्रतितोला एक लाख ४१ हजार तीनसय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

तोलामा दुईसय रूपैयाँले बढेर आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रूपैयाँ पुगेको छ।

यस्तै तेजाबी सुन आज प्रतितोला एक लाख ४१ हजार तीनसय रूपैयाँमा कारोबार भइरहेको छ।

गएको शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ८ सय रूपैयाँ तोकिएको थियो।

चाँदी आज प्रतितोला एक हजार सातसय ९० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।


प्रकाशित : आइतबार, असार १६ २०८१११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend