शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कमेडी च्याम्पियन सुनिल खड्काले जिते आकर्षक निटा भी गाडी

आइतबार, असार १६ २०८१
कमेडी च्याम्पियन सुनिल खड्काले जिते आकर्षक निटा भी गाडी

निटा भीमा विश्वकै नवीनतम ब्याट्री प्रयोग गरिएको छ, जसले उच्चतम क्षमताको प्रदर्शन गर्छ। यो ब्याट्रीमा हिटिङ तथा कुलिङको व्यवस्थासहितको थर्मल म्यानेजमेन्ट सिस्टम रहेको छ।

काठमाडौं- कमेडी च्याम्पियन विजेता सुनिल खड्काले सीजी मोटर्सले बिक्री गर्दै आएको निटा भी गाडी जितेका छन्। कमेडी च्याम्पियनको सिजन थ्रीका विजेता खड्काले सो उपहार जितेका हुन्।

नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ मा चाइल्ड कमेडियन सुयशा खनाल, सुनिल खड्का र ऋषभ काफ्ले फाइनलमा पुगेका थिए।

कार्यक्रममा कमेडी च्याम्पियनका विजेतालाई सीजी मोटरको लोकप्रिय ब्राण्ड निटा भी उपहारको रुपमा दिन पाउँदा निकै हर्षित भएको सिजी मोटर्सले जनाएको छ। साथै कम्पनीले आगामी दिनमा समेत यस्ता खालका रियालिटी शोमा सहभागी भइरहनेसमेत प्रतिबद्धता जाहेर गरेको छ।

कमेडी च्याम्पियन सिजन थ्रीका विजेतालाई प्रदान गरिएको निटा भी चौधरी समूहअन्तर्गतको सीजी मोटरले दुई वर्षअघि भित्र्याएको थियो। क्रसओभर सेगमेन्टमा विशेषताहरुले भरिएको सेगमेन्टकै धेरै रेन्ज दिने निटा भी नेपाल भित्रिएको छोटो समयमै ग्राहकहरुमाझ निकै लोकप्रिय रहेको छ।

यस्ता छन् निटा भीका मुख्य विशेषताहरु :

ब्याट्री- निटा भीमा विश्वकै नवीनतम ब्याट्री प्रयोग गरिएको छ जसले उच्चतम क्षमताको प्रदर्शन गर्छ। यो ब्याट्रीमा हिटिङ तथा कुलिङको व्यवस्थासहितको थर्मल म्यानेजमेन्ट सिस्टम रहेको छ।

कारको बडी- निटा भीको बडीमा हाइ टेनसिल स्टिल प्रयोग गरिएको छ। कारको बाह्य बडीको ६३ हिस्सा बनाउन सोही स्टिलको प्रयोग गरिएको छ। यो शक्तिशाली स्टिलले कारमा यात्रारत यात्रुलाई थप सुरक्षित बनाएको छ। शक्तिशाली हुनुका साथै यो स्टिल हलुकासमेत छ। विद्युतीय कारमा जति हलुका बडी संरचना भयो कारले त्यति नै धेरै माइलेज दिन्छ। 

कारकै तौल धेरै भएमा त्यसलाई तान्न धेरै शक्ति खर्च हुन्छ। तर निटा भीको ६३ प्रतिशत बडी हाइ टेनसिल स्टिलबाट बनेकाले यो कार सुरक्षित र धेरै माइलेज दिन्छ। हाइ टेनसिल स्टिल टेस्लाका कार र निटाका कारमा मात्र प्रयोग हुँदै आएको छ। 

च्यासिस- निटा भी कार प्योर ईभी च्यासिसमा निर्माण गरिएको हो। प्योर ईभी प्लेटफर्ममा उत्पादन भएको निटा भी कारमा पर्याप्त स्पेस उपलब्ध रहेको छ। जसले कार चलाउँदा आरामदायी महसुस गराउँछ।

एक्सटर्नल पावर- निटा भी कारमा ३.३ किलोवाट क्षमताको भेहिकल टू लोड एक्सटर्नल डिस्चार्ज फंसन पनि उपलब्ध छ। यो विशेषताले निटा भीबाट अन्य कार तथा घरायासी विद्युतीय उपकरणमा चार्ज गर्न सकिन्छ।

रेन्ज- निटा भीमा प्रयोग भएको ४०.७ किलोवाट आवर लिथियम आयन ब्याट्रीले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। त्यस्तै यो ब्याट्र शून्यबाट ८० प्रतिशत चार्ज हुन जम्मा २० मिनेटमात्र लाग्छ। 

ग्राउन्ड क्लियरेन्स- नेपालको बाटोका लागि अलिक बढी ग्राउन्ड क्लियरेन्स भएको कार खोजिन्छ। क्रसओभर सेगमेन्टको निटा भी विद्युतीय कारमा १ सय ७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ। यो सेगमेन्टमा निटा भीको क्लियरेन्स पर्याप्त हुने कम्पनीको भनाइ छ। 

वारेन्टी- सीजी मोटरले निटा भीको ब्याट्री तथा मोटर दुवैमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ। विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरू चीनमै छन्। तिनै शक्तिशालीमध्येको एक होजोन अटोमोबाइल हो। सोही कम्पनीले उत्पादन गरेको निटा भी विद्युतीय कार निकै आकर्षक र विशेषताले भरिएको छ। 

नेपाली बजारमा निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय नेपाली बजारमा आएको निटा भी परिमार्जनसहित आएको छ। सीजी मोटरले विद्युतीय कारको सर्भिसलगायत र चार्जिङ नेटवर्क विस्तारमा काम गरिरहेको जनाएको छ।

ग्राहकहरूको माग अनुसार निटा भीको थापाथली सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिने कम्पनीले जनाएको छ। नेपालभर १२० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको सीजी मोटर्सले थप ५० ठाउँमा चार्जिङ सुविधा दिन लागेको समेत जनाएको छ।


प्रकाशित : आइतबार, असार १६ २०८१११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend