शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

वरिष्ठ पाइलट विज‍य लामाको उडान प्रतिबन्ध फुकुवा

images
बिहीबार , असार १३ २०८१
images
वरिष्ठ पाइलट विज‍य लामाको उडान प्रतिबन्ध फुकुवा
images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का वरिष्ठ पाइलट विजय लामाको उडानमा लागेको प्रतिबन्ध फुकुवा भएको छ।

images
images
images

तीन साता अगाडि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षामा गम्भीर आँच आउने गतिविधि गरेको भन्दै लामालाई उडानमा रोक लगाएको थियो। लामा वाइडबडी ए ३३० को आइपी पाइलट हुन्।

images
images

उनलाई प्राधिकरणले २५ हजार जरिबाना तिराएर प्रतिबन्ध फुकुवा गरेको हो। प्राधिकरणका अनुसार लामाले अब हवाई सुरक्षामा आँच आउने गतिविधि नगर्ने प्रतिबद्धता गरेका छन्।

images
images

लामाले आफूले नियत नै राखेर कुनै पनि काम नगरेको तर त्यसले हवाई सुरक्षामा आँच आउन सक्ने प्राधिकरणको ठहरलाई सम्मान गर्ने समेत बयानमा बताएका थिए। लामाको प्रतिबद्धतापछि उडानमा लागेको प्रतिबन्ध फुकुवा भएको प्राधिकरणको भनाइ छ।


प्रकाशित : बिहीबार , असार १३ २०८११४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend