शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सेरेस थ्रीको फेसलिफ्ट भर्सन सार्वजनिक, मूल्य ४९ लाख ९९ हजारबाट सुरु

बिहीबार , असार १३ २०८१
सेरेस थ्रीको फेसलिफ्ट भर्सन सार्वजनिक, मूल्य ४९ लाख ९९ हजारबाट सुरु

पहिलेको भन्दा निकै आकर्षक लुक्समा सेरेस थ्री फेसलिफ्ट आएको छ।

काठमाडौं- एमएडब्लू वृद्धि मोटोकर्पले सेरेस थ्रीको फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ। कम्पनीले बुधबार दुई भेरियन्टमा सेरेस थ्री फेसलिफ्ट सार्वजनिक गरेको हो। 

सेरेस थ्रीको अपग्रेडेड मोडल कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा बिक्रीका लागि उपलब्ध गराएको छ। कम्पनीले कम्फर्ट भेरियन्टको मूल्य ४९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकेको छ। 

यसअघि पनि सेरेस थ्री साेही मूल्यमा बिक्री हुँदै आएको थियो। फैसलिफ्ट भर्सनकाे सेरेस थ्रीमा गाडीको अग्रभागमा परिवर्तन गरिएको छ। पहिलेको भन्दा निकै आकर्षक लुक्समा सेरेस थ्री फेसलिफ्ट आएको छ। 

नयाँ मोडल सार्वजनिक गर्दै एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले आधुनिक विद्युतीय गाडी उपभोक्तालाई दिने कम्पनीको योजनमा नयाँ सेरेस थप मजबुद रहने बताए।

‘नेपाल आएको छोटो समयमा नै ३ सयभन्दा बढी सेरेसका खुसी कष्टुमर छन्। हामीले बिक्री र बिक्रीपछिको सेवालाई विशेष जोड दिएर काम गर्दै आएका छौँ। भोलिका दिनमा थप परिष्कृत सेवा र नयाँ नयाँ उत्पादन दिने हाम्रो प्रयत्न रहनेछ’, अग्रवालले भने।

गएको भदौमा भएको नाडा अटो शो २०२३ मा पहिलो पटक सार्वजनिक भएको सेरेस ईभीको अपग्रेडेड भर्सन आएको हो। नयाँ सेरेस-थ्रीमा डिजाइन परिमार्जन गरिएको र एलइडी डीआरएल र सेरेसकै ब्याच प्रयोग गरेर ल्याइएको छ। 

नेपाली बजारमा आएको छोटो समयमा नै सफलता पाएको सेरेस-थ्रीमा १ सय ९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ। यसमा ९९ किलोवाटको मोटर र ५२.७ किलोवाट आवरको ब्याट्री प्याक छ। 

सेरेस थ्रीमा चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल-टाइम अफलाइन जीपीएसलगायत विशेषता छन्।


प्रकाशित : बिहीबार , असार १३ २०८११४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend