शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

काईको इलेक्ट्रिक मोडल एक्स-३ प्रोको बुकिङ खुला, सुरुवाती मूल्य ४६ लाख ९६ हजार

बिहीबार , असार १३ २०८१
काईको इलेक्ट्रिक मोडल एक्स-३ प्रोको बुकिङ खुला, सुरुवाती मूल्य ४६ लाख ९६ हजार

यसको अधिकतम टर्क २८० एनएम छ। सीएलटीसीका अनुसार यसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिनेछ।

काठमाडौं- काई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी प्राइभेट लिमिटेडले काईको इलेक्ट्रिक एसयूभी एक्स-३ प्रोको बुकिङ खुला गरेको छ।

कम्पनीले काठमाडौंको भाटभटेनीमा सुविधासम्पन्न शोरुम निर्माण गरी सञ्चालनमा ल्याएसँगै बुकिङ खुला गरेको हो। सुरुमा एक्स-थ्री प्रो मोडल दुई भेरियन्टमा बुकिङ खुला गरिएको छ।

कम्पनीका अनुसार अहिले काई एक्स-३ प्रोको डिलक्स र फ्ल्यागसिप भेरियन्ट उपलब्ध हुनेछ। इन्टोडक्टरी प्राइसको हिसाबले डिलक्स भेरियन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरियन्टको ४८ लाख ९६ हजार रूपैयाँ रहनेछ।

कटिङ एज टेक्नोलोजी, स्लिक डिजाइन र उत्कृष्ट पर्फमेन्स दिनसक्ने एक्स-३ प्रो मोडल कम्प्याक्ट एसयूभी सेग्मेन्टमा शानदार मोडल बन्ने कम्पनीले विश्वास लिएको छ।

यसमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फोस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ। यसको अधिकतम टर्क २८० एनएम छ। सीएलटीसीका अनुसार यसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिनेछ।

यसलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ। साथै १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एक्स-३ प्रो मोडलको लम्बाई ४४०० मिलिमिटर, चौडाइ १८३१ मिलिमिटर र उचाइ १६५३ मिलिमिटर रहेको छ। ५ सिट क्षमताको एसयूभीमा २६३२ एमएम लामो ह्वीलवेस रहनेछ।

यसको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको छ। पछाडि भने मल्टी लिंक इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ। यसमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ। ग्राहकले यसमा विभिन्न ५ कलर अप्सन पाउनेछन्।

वातावरणमैत्री इलेक्ट्रिक एसयूभीको पर्फमेन्ससँगै स्लिक डिजाइन र मोर्डन फिचरहरु रहेका छन्। काई एक्स-३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइटहरु एलईडी छन्। १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेशन क्लष्टर, इन्टेलिजेन्ट स्काइरुफ, ड्यूल जोन एसी, वायर लेस चार्जर, पावर एड्जस्टेबल ड्राइभर सिट रहेको छ।

चालकलाई पृथक ड्राइभिङ अनुभव प्रदान गर्न सक्ने किसिमले डिजाइन गरिएको एक्स-३ प्रो सुरक्षाको हिसाबले पनि उत्कृष्ट रहेको कम्पनीको दाबी छ। एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर यसमा छन्।

एडासभित्र विशेषगरी हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, ईबीडीसहितको एबीएस ट्रयाक्सन कन्ट्रोल सिस्टम छन्। यसको ब्याट्रीमा पनि कटिङ एज टेक्नोलोजीको प्रयोग गरिएको छ। सुरक्षाको हिसाबले राम्रो रहेको ब्याट्रीसहित सबै किसिमका मोटरलगायत इलेक्ट्रिकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।

यीवीन काई अटोमोबाइल कम्पनी लिमिटेड (काई अटो) चेरी अटोमोबाइल कम्पनीको लगानीमा स्थापना भएको हो। सन् २०१४ मा स्थापना भएको काई अटोमोवाइलसँग आफ्नै आरएण्डडी र मुख्य टेक्नोलोजी रहेको छ। कम्पनीले प्रयोग गर्ने हाई पर्फमेन्स, मल्टीसेन्स, एक्पान्डेवल एण्ड मोडूलर प्लेटफर्म रहेको छ। पेट्रोलियम इन्जिन र ईभी दुवैमा काम गर्दै आएको कम्पनीसँग सेडान, एसयूभी र एमपीभी छन्। यसको मुख्यालय चीनको सिचुवान प्रान्तमा रहेको यीवीन सिटीमा रहेको छ ।


प्रकाशित : बिहीबार , असार १३ २०८११३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend