काठमाडौं- एमएडब्लू वृद्धीको पोर्टफोलियोमा पछिल्लो पटक थपिएको सोकोन ईसी थर्टी सिक्स भ्यानको यहि असार ११ गते सार्वजनिक भएको छ। महानायक राजेश हमाल रहेको कार्यक्रममा सोकोन चीनका अधिकारीहरुको पनि सहभागिता रहेको थियो।
एमएडब्लू वृद्धी कमर्सियल भेहिकलका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता र महानायक राजेश हमालले संयुक्त रूपमा सोकोन ईभी भ्यानका पहिलो ४१ जना ग्राहकहरूलाई साँचो हस्तान्तरणसमेत गरेका थिए। सोकोन ईभी भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ राखिएको छ।
ईसी थर्टी सिक्स एक ११ सिटे ईभी भ्यान हो जसले ३०० किलोमिटरको रेन्ज प्रदान गर्दछ। यसको शक्तिशाली ६० किलोवाटको मोटर छ जसले २०० एनएम टर्क उत्पन्न गर्न सक्षम छ भने यसको अधिकतम ग्रेडेबिलिटी ४० प्रतिशत रहेको छ। यसमा जडान गरिएको ४२ केडब्लूएच सीएटीएल ब्याट्रीले १.३ घण्टामा २० देखि ८० प्रतिशत र २.५ घण्टामा ० देखि १ सय प्रतिशतसम्म छिटो चार्ज गर्ने क्षमता राख्छ। माथिका विशेषताहरूसँग बन्डल भएको १८८ मिलिमिटरको प्रभावशाली ग्राउण्ड क्लियरेन्सले यसलाई नेपाली सडकहरूको लागि उपयुक्त बनाउँछ।
यसका साथै भ्यानमा एबीएस, ईबीडी, रिभर्स राडार र क्यामेरा जस्ता सुरक्षाका सुविधाहरू पनि रहेका छन्। यसमा सामान्यतया महँगो ईभीमा मात्र पाइने रिजेनेरेटिभ ब्रेकिंङ प्रणालीको सुविधा पनि उपलब्ध छ। भ्यानमा प्रयोग गर्न अति सजिलो टचस्क्रिन मल्टिमिडिया इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ।
एमएडब्लू ग्रुप अफ कम्पनीजका अध्यक्ष विष्णुकुमार अगरवालले एमएडब्लूले गुणस्तरीय अटोमोबाइल मात्र नभइ सर्भिस र स्पेयर पार्ट्सलाई पनि प्राथमिकता दिएको बताए। ग्राहकहरूको आवश्यकतालाई प्राथमिकता दिँदै वहाँहरूको भरोसा जित्ने कुरामा विश्वास गरेर सोकोनसँग साझेदारी गरी नेपाली बजारमा ईसी थर्टी सिक्स लन्च गरिएको उनको भनाइ छ। यो ईभी भ्यान सफल हुनेछ र ग्राहकहरुको आवश्यकताहरुलाई यसले पूरा गर्नेछ भन्ने विश्वास आफूहरुले लिएको अग्रवालले बताए।
एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले एमएडब्लू वृद्धि उच्चस्तरीय सेवा, गुणस्तरीय स्पेयर पार्ट्स र ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राख्ने आफ्नो प्राथमिकतामा सधैँ अटल रहेको बताए।
सन् १९८६ मा स्थापित सोकोन दक्षिणपश्चिम चीनको सबैभन्दा ठूलो निजी अटो कम्पनी हो। ब्रान्डको रूपमा यसले समृद्ध विश्वव्यापी विरासत मार्फत् आफूलाई प्रमाणित गरेको छ। यो चीनमा ईभी, एसयूभी र एमपीभीहरूको अग्रणी निर्माताहरूमध्ये एक हो। सोकोनले नवप्रवर्धन र उत्कृष्टता प्रतिको आफ्नो प्रतिबद्धतालाई प्रदर्शन गर्न संयुक्त राज्य अमेरिका, जापान, जर्मनी र चीनमा आर एन्ड डी केन्द्रहरु समेत स्थापना गरेको छ।
हालसम्म कम्पनीले ३५ लाख सवारी साधनहरू विश्वव्यापी रूपमा डेलिभर गरिसकेको छ भने सात लाख सवारीहरूको प्रभावशाली वार्षिक उत्पादन क्षमताको साथ सोकोनले अटोमोटिभ उद्योगमा नयाँ मानकहरू निर्माण गरेको छ। विश्वका ७० देशहरूमा आफ्नो अवस्थितीका साथ सोकोन विश्वव्यापी अग्रणीको रूपमा आफ्नो स्थान सुदृढ बनाउँदै छ।