शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

भूकम्पबाट क्षतिग्रस्त बझाङको बाल विकास विद्यालयलाई सिटिजन्स बैंकको सहयोग

बुधबार, असार १२ २०८१
भूकम्पबाट क्षतिग्रस्त बझाङको बाल विकास विद्यालयलाई सिटिजन्स बैंकको सहयोग

यस सहयोगबाट विद्यार्थीहरुको पठनपाठनमा केही सहजता हुने र उनीहरुले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने बैंकको विश्वास छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बझाङ, गोलाईमा अवस्थित श्री बाल विकास माध्यमिक विद्यालयलाई पुनर्निर्माणको लागि एक लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

गत असोजमा गएको विनाशकारी भूकम्पले गर्दा विद्यालय भवनका कोठाहरु पूर्ण तथा आंशिकरुपमा क्षतिग्रस्त भएका र यसले गर्दा पठनपाठनमा समेत असर परेकाले बैंकले विद्यालय भवन निर्माणका लागि सो सहयोग उपलब्ध गराएको जनाएको छ।

कक्षा १ देखि १२ सम्म अध्यापन हुने यस विद्यालयमा हाल करिब ३०० विद्यार्थीहरु अध्ययनरत रहेका छन्। यस सहयोगबाट विद्यार्थीहरुको पठनपाठनमा केही सहजता हुने र उनीहरुले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने बैंकको विश्वास छ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ९२ वटा शाखा, १ सय ५५ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख ५९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

हाल ५६ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने पनि जनाएको छ।


प्रकाशित : बुधबार, असार १२ २०८११७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend