शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

प्रभु बैंक र मुस्ताङका विभिन्न होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

बुधबार, असार १२ २०८१
प्रभु बैंक र मुस्ताङका विभिन्न होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

प्रभु बैंकले नेपालभर रहेका ३ सय ७ शाखा कार्यालयमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।

काठमाडौं- प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले मुस्ताङमा अवस्थित विभिन्न होटलका सेवासुविधामा विशेष छुट पाउने भएका छन्। त्यहाँका विभिन्न होटल तथा रेष्टुरेन्टसँग छुटसम्बन्धी समझौता बैंकले गरेको हो।

छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका सञ्चालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख/शाखा प्रमुख नरेन्द्र थकालीसहित विभिन्न शाखाका शाखा प्रमुखशरुले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

ग्राहक तथा कर्मचारीले मुस्ताङको युरिका इन मुक्तिनाथ, होटल ग्रान्ड सामबाला, मुक्तिनाथ होटल सनराइज, होटल मन्डला, होटल त्रिवाटीका, इको हिल रिसोर्ट, होलिडे क्याम्प, लुम्बिनी एण्ड रेष्टुरेन्ट, सी यू लजलगायत छन्।

प्रभु बैंकले नेपालभर रहेका ३ सय ७ शाखा कार्यालयहरु, २ सय ८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

 


प्रकाशित : बुधबार, असार १२ २०८११४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend