शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला सातसय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार, असार १२ २०८१
प्रतितोला सातसय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला सातसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला २५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला सातसय रूपैयाँले घटेको छ।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९ सय रूपैयाँ कायम छ।

यो साता आइतबार प्रतितोला दुई हजार सातसय रूपैयाँले घटेर सोमबार प्रतितोला तीनसय रूपैयाँले बढेको थियो।

मंगलबार सुन प्रतितोला एक लाख ४२ हजार तीनसय रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार प्रतितोला पाँच रूपैयाँले घटेको चाँदीको मूल्य आज पनि घटेको छ। चाँदी आज तोलामा २५ रूपैयाँले घटेर प्रतितोला एक हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार तोलामा ५० रूपैयाँले घटेको चाँदीको मूल्य सोमबार प्रतितोला ५ रूपैयाँले बढेको थियो।


प्रकाशित : बुधबार, असार १२ २०८१११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend