शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

प्रभु बैंकका कर्मचारीलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष छुट

बुधबार, असार १२ २०८१
प्रभु बैंकका कर्मचारीलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष छुट

उक्त समारोहमा विशेषगरी महिला कर्मचारीहरुलाई लक्षित गरी स्तन र पाठेघरसम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो।

काठमाडौं- प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दै ललितपुरको हरिसिद्धिमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश-३ का प्रमुख राजु केसीर शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

उक्त समारोहमा विशेषगरी महिला कर्मचारीहरुलाई लक्षित गरी स्तन र पाठेघरसम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो।

स्तनसम्बन्धी क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघरसम्बन्धी क्यान्सरकी डा.अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गरेका थिए भने सो समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता समेत रहेको थियो।

प्रभु बैंकले नेपालभर रहेका ३ सय ७ शाखा कार्यालयहरु, २ सय ८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।


प्रकाशित : बुधबार, असार १२ २०८११०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend