शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

मंगलबार, असार ११ २०८१
सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने सामान्य घटेको छ।

यो साता आइतबार प्रतितोला दुई हजार सातसय रूपैयाँले घटेर सोमबार प्रतितोला तीनसय रूपैयाँले बढेको सुनको मूल्यमा मंगलबार भने परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख ४२ हजार तीनसय र तेजाबी सुन एक लाख ४१ हजार ६ सय रूपैयाँ कायम छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

आइतबार तोलामा ५० रूपैयाँले घटेर सोमबार ५ रूपैयाँले बढेको चाँदीको मूल्य भने मंगलबार प्रतितोला पाँच रूपैयाँले घटेको छ। चाँदी आज प्रतितोला एक हजार ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। 

चाँदी सोमबार प्रतितोला एक हजार ८ सय २० रूपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : मंगलबार, असार ११ २०८१११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend