शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

युवाहरू विदेश गएकाले उपभोग घट्यो, निर्माण सुस्त रहेकाले अर्थतन्त्र नै सुस्त भयो : गभर्नर महाप्रसाद अधिकारी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १० २०८१
युवाहरू विदेश गएकाले उपभोग घट्यो, निर्माण सुस्त रहेकाले अर्थतन्त्र नै सुस्त भयो : गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं- युवाहरू विदेश गएकाले उपभोग घटेको र निर्माण सुस्त रहेकाले अर्थतन्त्र नै सुस्त भएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छ्न्।

विदेशी मुद्रा सञ्चिति एक वर्षमा १९.५ प्रतिशतले घटेकाले विगत डेढ वर्षसम्म मौद्रिक नीतिमा कडाइ गरिएपनि गत चैत मसान्तबाट विस्तारै लचिलो नीति अवलम्बन गरिएको उनले बताएका छन्। म्यानेजमेन्ट एशोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन्। 

अन्य देशका तुलनामा राष्ट्र बैंकले नीतिगत दर लचिलो बनाएको गभर्नर अधिकारीको भनाइ छ। अर्जेन्टिना, थाइल्यान्डजस्ता गैरपराम्परागत मौद्रिक नीति लिने देशबाहेक अन्य देशको हाराहारी यहाँ नीतिगत दर रहेको उनले बताए। 


प्रकाशित : सोमबार, असार १० २०८११८:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend