शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

आगामी मौद्रिक नीतिमार्फत बैकिङ क्षेत्रलाई केही राहत दिएर अगाडि जानुपर्छ : अशोक शेरचन

'अर्थतन्त्र संकटमा छैन, स्रोत साधन पर्याप्त रहेकाले आगामी वर्ष सुखद रहने छ'

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १० २०८१
आगामी मौद्रिक नीतिमार्फत बैकिङ क्षेत्रलाई केही राहत दिएर अगाडि जानुपर्छ : अशोक शेरचन

काठमाडौं- प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आगामी मौद्रिक नीतिमार्फत बैकिङ क्षेत्रलाई केही राहत दिएर अगाडि जानुपर्ने बताएका छन्।

पछिल्लो तीन वर्षयता बैंकहरूले समस्या भोगिरहेकाले अब बैंकहरूलाई राहत दिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

म्यानेजमेन्ट एशोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रम बोल्दै उनले विश्वकै १०० गुणा ठूलो र एसियाको ३० औँ ठूलो नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) भएकाले नेपालको अर्थतन्त्र महत्त्वपूर्ण भएको बताए।

उनले वित्तीय नीति महत्त्वपूर्ण हुन थालेको बताएका छन्। राष्ट्र बैंकको कुशल नीति र बैंकहरूको धैर्यताले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको उनको भनाइ छ। 

नेपालमा स्रोत साधन पर्याप्त रहेकाले आगामी वर्ष सुखद रहने उनको भनाइ छ। कोभिड १९ ले केही समय अर्थतन्त्र दबाबमा रहेपनि बाहिर भनिएजस्तो संकटपूर्ण अवस्था नरहेको उनले बताए।

सधैँ नकारात्मक कुरा गर्नुभन्दा आगामी समयमा आशावादी भएर अगाडि बढनुपर्नेमा उनले जोड दिए। पुँजीगत खर्चले गति नलिएकाले पछिल्लो समय अर्थतन्त्रमा नकारात्मक असर परिरहेको उनले बताए।


प्रकाशित : सोमबार, असार १० २०८११६:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend