शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

६.९९ प्रतिशत ब्याजदरमै हुन्डाई भेन्यू खरिद गर्न सकिने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १० २०८१
६.९९ प्रतिशत ब्याजदरमै हुन्डाई भेन्यू खरिद गर्न सकिने

यस योजनामा हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सिङको व्यवस्था, १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी छ।

काठमाडौं- हुन्डाईका कार किन्नेले अब ६.९९ प्रतिशत ब्याजदरमै खरिद गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ। नेपालमै एसेम्बल भएको भेन्यू खरिद गर्ने उपभोक्ताले यो सुविधा पाउने छन्।

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्यूको मूल्य सार्वजनिक गर्दै बिक्री गरेको हो। नेपालमा नै हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन गरिएको कुरालाई ध्यानमा राखी कम्पनीले 'हुन्डाई नेपाल मेड फर योर जर्नी' नामक ग्राहकमुखी योजना ल्याएको हो।

यस योजनामा हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सिङको व्यवस्था, १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ।

लक्ष्मी मोटर कर्पोरेसन नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो। लक्ष्मी मोटर कर्पोरेसनले पहिलोपटक नेपालमा भेन्यू मोडल उत्पादन सुरु गरेको र यसको बनावट, गुणस्तर, पर्फमेन्सलगायतका गुणहरु कोरिया र भारतमा बन्ने सोही मोडलका गाडीसरहकै हुने कम्पनीले दाबी गरेको छ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युतको खपत, कुल गृहस्थ्य उत्पादनमा योगदानका साथसाथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारीसाधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ।

हाल बिक्री भएको नेपालमा एसेम्बल भएको हुन्डाई भेन्यू १२ एसको मूल्य ४४ लाख ९६ हजार र एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ।


प्रकाशित : सोमबार, असार १० २०८११२:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend