शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबार, असार १० २०८१
प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले बढ्दा चाँदी प्रतितोला पाँच रूपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- आइतबार प्रतितोला दुई हजार सातसयले घटेको सुनको मूल्य सोमबार प्रतितोला तीनसय रूपैयाँले बढेको छ।

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ३ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६ सय रूपैयाँ निर्धारण गरिएको छ।

सुन आइतबार प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रूपैयाँले बढेको छ। 

आइतबार तोलामा ५० रूपैयाँले घटेर प्रतितोला एक हजार ८ सय १५ रूपैयाँ मूल्य तोकिएको चाँदी सोमबार प्रतितोला एक हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : सोमबार, असार १० २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend