सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

निलम्बित मुख्यसचिव अर्याललाई जगेडामा, गड्तौलालाई निमित्तको जिम्मेवारी*

images
सोमबार, असार १० २०८१
images
निलम्बित मुख्यसचिव अर्याललाई जगेडामा, गड्तौलालाई निमित्तको जिम्मेवारी*

अर्यालले राजीनामा नदिएको अवस्थामा निमित्तको भरमा धेरै चलाउन नहुने राय आएपछि सरकारले गड्तौलालाई नै कामुको जिम्मेवारी दिएको हो।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई सरकारले विशेष पद सिर्जना गरेर योजना आयोगमा जगेडामा सरुवा गरेको छ। 

images
images
images

आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अर्याललाई जगेडामा पठाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेकी वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन्। 

images
images

मुख्यसचिव निलम्बनमा परेको र उनले राजीनामा नदिएको अवस्थामा सरकारले गड्तौलालाई नै निमित्तको जिम्मेवारी दिएको हो। 

images
images

कामु मुख्यसचिवकै लागि पनि सचिवहरूबीचमा तीव्र लविङ चलिरहेको छ।

*शीर्षक सच्याइएको 

अन्त:शुल्क स्टिकर छपाइ घोटालामा १२ विरुद्ध भ्रष्टाचार मुद्दा, तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई जोगाइयो अन्त:शुल्क स्टिकर छपाइ घोटालामा १२ विरुद्ध भ्रष्टाचार मुद्दा, तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई जोगाइयो


प्रकाशित : सोमबार, असार १० २०८१११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend