शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ ल्याउने

आइतबार, असार ९ २०८१
लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ ल्याउने

कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सेवासम्बन्धी सम्झौता गरेको छ।

काठमाडौं- भैरहवामा सञ्चालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्यूटिकल्सले पुँजीवृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सेवासम्बन्धी सम्झौता गरेको छ। यससम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा. ध्रुव भट्टराईले हस्ताक्षर गरेका छन्।

एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजनाअन्तर्गत लुम्बिनी हर्बोस्यूटिकल्सलाई थप पुँजी जुटाउँदै पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्कासन गर्न परामर्श सेवा प्रदान गर्नेछ।

एलिटले कम्पनीको पुँजीवृद्धि, व्यवसाय विस्तार, वित्तीय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ। यसबाहेक आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अन्डरराइटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्नेछ।

हाल १३ करोड चुक्तापुँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजीवृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन सुरु गर्न लागिएको छ। पुँजी वृद्धिपछि यस कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरण भइ आईपीओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष भट्टराईले जानकारी दिए।

रुपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले विभिन्न ब्राण्डका करिब २ दर्जन आयुर्वेदजन्य औषधी तथा खाद्यपदार्थ उत्पादन गरिरहेको छ।    

हालसम्म औषधीजन्य उद्योगहरु पब्लिक कम्पनीको रुपमा दोस्रो बजारमा छैनन्। २ वटा औषधी उद्योगले आईपीओ जारी गर्नका लागि प्रक्रिया सुरु गरेका छन्। तर, आयूर्वेद औषधी उद्योगको रुपमा लुम्बिनी दोस्रो बजारमा आउने पहिलो कम्पनी हुनेछ।


प्रकाशित : आइतबार, असार ९ २०८११८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend