शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी सुविधा

आइतबार, असार ९ २०८१
एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी सुविधा

यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई अहज बनाउँदै सधैँ अन रहन सहयोग गर्ने विश्वास एनसेल र माछापुच्छ्रे बैंकको छ।

काठमाडौं- माछापुच्छ्रे बैंक र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौतापत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा हस्ताक्षर गरेका थिए।

मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने र अन्य सुविधाहरु रहेको एनसेलको ‘सधैँ अन’ योजनाअन्तर्गत गरिएको यस सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकमा आफ्नो खाता भएका एनसेलका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप एमबीएल एम-स्मार्टको चेक आउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधाहरु खरिदका लागि भुक्तानी गर्न सक्नेछन्।

यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताहरुले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैंकको खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन्। 

यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई अहज बनाउँदै सधैँ अन रहन सहयोग गर्ने विश्वास एनसेल र माछापुच्छ्रे बैंकको छ। 

एनसेल एपमा अन्य सुविधाहरू पनि रहेका छन् जसले ग्राहकहरूलाई देशभित्र मात्र नभई देश बाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।


प्रकाशित : आइतबार, असार ९ २०८११६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend