आइतबार, भदौ २३ गते २०८१    
images
images

नेपाल एयरलाइन्सको चरम लापरबाही, विमानस्थलमा यात्रुको चेकइनपछि जापान उडान रद्द

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १३ २०७८
images
images
नेपाल एयरलाइन्सको चरम लापरबाही, विमानस्थलमा यात्रुको चेकइनपछि जापान उडान रद्द

अर्काे एयरबस ३२० दुबई जाने तयारीमा रहेकाे जहाजमा पनि इन्जिनमा समस्या आएपछि दुबईकाे उडान समेत रद्द  भएकाे छ।

images
images

काठमाडौं- नेपाल एयरलाइन्सको व्यवस्थापनको चरम लापरबाहीका कारण यात्रुले सास्ती भोग्न परेको छ। निगमले मंगलबर राति १०ः४० बजेको जापान उडान यात्रु विमानस्थल  पुगेपछि  रद्द  गरेको छ।

images
images
images

यात्रुलाई कुनै जानकारी नदिइ निगमले साढे २ घण्टा अगाडि उडान रद्द  गरेको हो। कतिपय यात्रुले चेकइन समेत गराइसकेपछि प्राविधिक कारण भन्दै उडान रद्द भएको जानकारी गराएको सोही उडान मार्फत जापान जान लागेका एक यात्रुले बताए।

उडान रद्द भएसँगै यात्रुको पीसीआर रिपोर्ट समेत पुनः गर्नु पर्ने भएको छ। यात्रुको पीसीआर पुनः नेपालमै गर्नु पर्ने भएमा वा जापान पुगेर गर्नु पर्दा कसले जिम्मा लिने प्रश्न समेत उब्जिएको छ। काठमाडौंदेखि जापन जानका लागि ११० जना यात्रुले टिकट लिएका थिए भने फर्कनका लागि १९३ जनाले टिकट लिएका थिए।

अन्नपूर्ण जहाज जापान जाने तयारी थियो। इलेक्ट्रिक समस्या आएको भन्दै उडानको समयभन्दा साढे २ घण्टा अघिमात्र रद्द गराएको जानकारी विमानस्थलमा दिइएको थियो। अर्को वाइडवडी  मकालु भने मलेसिया गएको छ।

images

अर्को जहाज दुबईमा नै राेकिएकाे हाे। बिहान दुबई गएर बेलुका फर्कनु पर्नु थियाे। तर जहाजकाे इन्जिनमा समस्या आएर जहाज दुबईमा नै राेकिएकाे छ। जहाज नभएपछि दुबईकाे उडान पनि रद्द भएकाे हाे।


प्रकाशित : मंगलबार, पुस १३ २०७८१५:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend