शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एकैदिन प्रतितोला दुई हजार सातसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, असार ९ २०८१
एकैदिन प्रतितोला दुई हजार सातसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला दुई हजार सातसय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला ५० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। गएको शुक्रबारको तुलनामा सुनको मूल्य यो साताको पहिलो दिन आइतबार प्रतितोला दुई हजार सातसय रूपैयाँले घटेको हो।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ३ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि आइतबार प्रतितोला ५० रूपैयाँले घटेको छ। 

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, असार ९ २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend