शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालनमा

बिहीबार , असार ६ २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालनमा

एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना २ सय १ शाखा, १ सय ८८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ।

काठमाडौं- एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप नयाँ एटीएम सञ्चालनमा ल्याएको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्‍याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

बैंकले यसअघि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एउटा तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा दुई वटा एटीएम सञ्चालनमा ल्याइसकेको छ।

एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना २ सय १ शाखा, १ सय ८८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ।


प्रकाशित : बिहीबार , असार ६ २०८११८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend