शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

बन्दीपुरका यी नौवटा होटल तथा रेष्टुरेन्टमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई २० प्रतिशतसम्म छुट

बिहीबार , असार ६ २०८१
बन्दीपुरका यी नौवटा होटल तथा रेष्टुरेन्टमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई २० प्रतिशतसम्म छुट

बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- प्रभु बैंक लिमिटेडले बन्दीपुरका विभिन्न ९ होटल तथा रेष्टुरेन्टहरुसँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ।

बैंकले पर्यटकीय नगर बन्दीपुरमा अवस्थित बन्दीपुर ईको होटल प्रालि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेन्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रालिसँग सम्झौता गरेको हो।

यस्तै हिल्स सेभेन रेष्टुरेन्ट एण्ड लज, होटल तिनधारा र वर्ल्ड हाउस क्याफे एण्ड लजसँग पनि प्रभु बैंकले आफ्ना कर्मचारी तथा ग्राहकलाई लक्षित गरी त्यहाँ उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक,कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले ती होटल तथा रेष्टुरेन्टमा उपलब्ध सेवासुविधामा ५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन्।

बैंकले हाल नेपालभर रहेका आफ्ना ३ सय ६ शाखा कार्यालयहरु, २ सय ८६ एटीएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको छ।


प्रकाशित : बिहीबार , असार ६ २०८११७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend