शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

पोखराको रानीवन रिट्रिटले ल्यायो आकर्षक मनसुन अफर, कोठाहरूमा ५० प्रतिशतसम्म छुट पाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ६ २०८१
images
images
पोखराको रानीवन रिट्रिटले ल्यायो आकर्षक मनसुन अफर, कोठाहरूमा ५० प्रतिशतसम्म छुट पाइने
images
images

पोखरा- पोखरास्थित रानीवन रिट्रिट रिसोर्टले वर्षायामको समयमा ५० प्रतिशतसम्म छुटसहितको आकर्षक अफर सार्वजनिक गरेको छ।

images
images
images

'आकर्षक मनसुन मार्वल प्याकेज रानीवन रिट्रिट' नाम दिएर यस होटलले जेठ, असार र साउनका लागि विशेष छुट प्याकेज ल्याएको हो। 

यस होटलले सोमबारदेखि बिहीबारसम्मका लागि ५० प्रतिशत छुटसहित ६ हजार रुपैयाँमा कोठा उपलब्ध गराउने भएको छ। शनिबार र आइतबार यस होटलमा बस्न चाहाने ग्राहकले २५ प्रतिशत छुटसहित ९ हजार रुपैयाँमा कोठा प्राप्त गर्न सक्ने छन्।

images

कोठासँगै होटलले आवगमन दिनमा अतिरिक्त स्न्याक समेत उपलब्ध गराउने जनाएको छ। आगामी तीन महिनामा होटलले खानामा १५ प्रतिशत र पेयपदार्थमा १० प्रतिशत छुट दिने घोषणा गरेको छ। 

images

यस होटलले ८ वटा नयाँ प्रिमियम कोठाहरु र नयाँ स्वमिङ पुल थप गरेको जनाएको छ। उक्त स्वमिङ पुलबाट अन्नपूर्ण हिमाल र फेवा तालको मनोरम दृश्य अवलोकन गर्न सकिने होटलले जनाएको छ। 

pokhara raniban swimming.jpg

यसका साथै यस होटलले हाउस आयुर्वेदिक स्पा र बहुप्रयोजन सहितको योगा स्टुडियो निकट भविष्यमा संचालनमा ल्याउने तयारी गरेको छ।


प्रकाशित : बिहीबार , असार ६ २०८११३:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend