शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

असार ६ गतेदेखि १५ गतेसम्म हिरो एक्सचेञ्ज र इभल्भ शोरुम एक्सचेञ्ज हुँदै

बिहीबार , असार ६ २०८१
असार ६ गतेदेखि १५ गतेसम्म हिरो एक्सचेञ्ज र इभल्भ शोरुम एक्सचेञ्ज हुँदै

साथै नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा प्रति वर्ष ७५ हजार वटा मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटनसमेत गरिसकेको छ।

काठमाडौं- नेपालका लागि हिरो मोटोकर्पका आधिकारिक बिक्रेता सीजी मोटर्सले पहिलोपटक ‛हिरो एक्सचेञ्ज’ र इभल्भ शोरुम एक्सचेञ्ज आयोजना गर्ने गरेको छ। उक्त अफर यही असार ६ गते बिहीबारबाट सुरु भएर असार १५ गतेसम्म सञ्चालन हुनेछ।

देशभर चल्ने उक्त मेलामा ग्राहकले कुनै पनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्यांकनभन्दा ८ हजार बढीको मूल्य पाउने कम्पनीले जनाएको छ।

साथै एक्सचेञ्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा निशुल्क हेल्मेट पनि वितरण गरिने कम्पनीले जनाएको छ। एक्सचेञ्ज अफरमा ग्राहकहरुले हिरो एक्स पल्स, सुपर स्प्लेन्डर, स्प्लेण्डर प्लस, स्प्लेण्डर र जुमका दुई प्राङग्रे सवारी लिन सक्नेछन्।

मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो यसले आर्जन गरेको विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ। सीजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समयअघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ।

साथै नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार वटा मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटनसमेत गरिसकेको छ।

सीजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ। साथै सीजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ। यसबाहेक सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुतरूपमा विस्तार गरिरहेको छ।

लोकप्रिय उत्पादन सुपर स्प्लेन्डर, स्पलेन्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बीएस सिक्स एसआई सीजी मोटर्सले नेपालमा भित्र्याएको छ। साथै सो उत्पादनमा युनिक विशेषतासमेत रहेको दाबी कम्पनीले गरेको छ।


प्रकाशित : बिहीबार , असार ६ २०८११२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend