शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

एनएमबि बैंकका ग्राहकलाई कतार एयरवेजको फ्लाइट टिकटमा १० प्रतिशतसम्म छुट

बिहीबार , असार ६ २०८१
एनएमबि बैंकका ग्राहकलाई कतार एयरवेजको फ्लाइट टिकटमा १० प्रतिशतसम्म छुट

एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना २ सय १ शाखा, १ सय ८८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।

काठमाडौं- एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ।

साझेदारीअनुसार एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार छुट प्राप्त गर्नका लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा ग्राहकले अनलाइन प्रमोशनल कोड क्यूआरएनएमबी२४ प्रयोग गर्नुपर्नेछ।

यो अफरमार्फत ग्राहकहरूले सुपथ मूल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन्। साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेजलगायत अन्य विशेष सुविधा समेत पाउनेछन्।

एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना २ सय १ शाखा, १ सय ८८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय बैंकिङ सेवाहरु प्रदान गदै आइरहेको जनाएको छ।


प्रकाशित : बिहीबार , असार ६ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend