काठमाडौं- उचारचढावबीच लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य बिहीबार प्रतितोला ६ सय रूपैयाँले बढेको छ।
यो साता आइतबार तोलामा एक हजार ६ सयले बढेर सोमबार प्रतितोला ६ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार र बुधबार स्थिर रहेको थियो। बिहीबार पुन: सुनको मूल्य बढेर प्रतितोला एक लाख ४२ हजार ८ सय रूपैयाँ पुगेको छ।
बिहीबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार एकसय रूपैयाँ तोकिएको छ।
बुधबार सुन प्रतितोला एक लाख ४२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबार प्रतितोला १० रूपैयाँले घटेको चाँदीको मूल्य भने बिहीबार प्रतितोला ३५ रूपैयाँले वृद्धि भएको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।