शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

धादिङको गजुरी र धार्केमा सिटिजन्स बैंकको दुई नयाँ शाखा सञ्चालनमा, एक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

बुधबार, असार ५ २०८१
धादिङको गजुरी र धार्केमा सिटिजन्स बैंकको दुई नयाँ शाखा सञ्चालनमा, एक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

बैंकका अनुसार नयाँ शाखा सञ्चालनको अवसरमा यी शाखाहरुमा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरु पहिलो वर्ष नि:शुल्क प्राप्त गर्न सकिनेछ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धादिङको गजुरी र धार्केमा १९१औँ र १९२औँ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यससँगै बागमती प्रदेशमा सञ्चालनमा रहेका शाखा संख्या ५४ पुगेको बैंकले जनाएको छ।

गजुरी र धार्केमा बुधबार आयोजित एक कार्यक्रमका बीच नयाँ शाखा शुभारम्भ गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवासुविधा पुर्‍याउने क्रममा हामी धादिङवासीहरुको सेवामा आइपुगेको भन्दै आगामी दिनमा सुशासनलाई ध्यानमा राख्दै अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने प्रतिबद्धता जनाए।

सुविधासम्पन्न यी शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउन लक्ष्य राखिएको बैंकले जनाएको छ।

बैंकका अनुसार नयाँ शाखा सञ्चालनको अवसरमा यी शाखाहरुमा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरु पहिलो वर्ष नि:शुल्क प्राप्त गर्न सकिनेछ। साथै डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ।

गजुरीमा आफ्नो नयाँ शाखाको शुभारम्भ भएको दिनमा नै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गजुरी-१,आधामारामा अवस्थित श्री पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर सेट र प्रिन्टर उपलब्ध गराएको छ।

विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोगस्वरुप कम्प्युटर सेट र प्रिन्टर हस्तान्तरण गरेका हुन्। समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे। विपन्न समुदायका विद्यार्थीहरुलाई सहयोग प्रदान गर्न पाउँदा आफू हर्षित भएको पनि उनले बताए।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ९२ वटा शाखा, १ सय ५५ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १७ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

हाल ५६ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ।


प्रकाशित : बुधबार, असार ५ २०८११४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend