शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य आज पनि स्थिर, चाँदीको घट्यो

बुधबार, असार ५ २०८१
सुनको मूल्य आज पनि स्थिर, चाँदीको घट्यो

मंगलबार स्थिर रहेको सुनको मूल्यमा बुधबार पनि कुनै परिवर्तन भएको छैन भने चाँदीको प्रतितोला १० रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा बुधबार पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य घटेको छ।

यो साता आइतबार प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला ६ सयले घटेको थियो। मंगलबार स्थिर रहेको सुनको मूल्यमा बुधबार पनि कुनै परिवर्तन भएको छैन भने चाँदीको प्रतितोला १० रूपैयाँले घटेको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार पाँचसय रूपैयाँ कायम छ। सुन सोमबार र मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै चाँदी आज प्रतितोला एक हजार ८ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य सोमबार प्रतितोला एक हजार ८ सय र आइतबार प्रतितोला एक हजार ८ सय २० रूपैयाँ तोकिएको थियो।

मंगलबार चाँदी प्रतितोला एक हजार ८ सय १५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, असार ५ २०८११०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend