शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

टाटा टियागो ईभीमा ‘नाओ अर नेभर’ एक्सचेञ्ज अफर

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ४ २०८१
images
images
टाटा टियागो ईभीमा ‘नाओ अर नेभर’ एक्सचेञ्ज अफर

यसका साथै आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस इन्स्योरेन्स, २ वर्षको सवारी कर र एक्सेसरिजहरु रहेका छन्। यो योजना यही जुन २० देखि २२ सम्म नेपालभर रहेका टाटा मोटर्सको सबै शोरुमहरुमा लागु हुनेछ।

images
images

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। सिप्रदीले ‘नाओ अर नेभर ड्राइभ होम टियागो ईभी एट प्रि-बजेट प्राइस’ आयोजना गर्न लागेको हो। 

images
images
images

यस अफर अन्तर्गत नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण मूल्य बढेको भएपनि सीमित स्टक प्रि-बजेट मूल्यमा प्राप्त गर्न सकिने छ। र आफुले चाहेको स्थानमा नै पुरानो गाडीको मूल्यांकन र टेस्ट ड्राभको सुविधा रहेको छ। 

यसका साथै आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस इन्स्योरेन्स, २ वर्षको सवारी कर र एक्सेसरिजहरु रहेका छन्। यो योजना यही जुन २० देखि २२ सम्म नेपालभर रहेका टाटा मोटर्सको सबै शोरुमहरुमा लागु हुनेछ। 

images

टाटा ईभी यसको मूल्य तथा साइज कारण पनि ग्राहकहरु यसमा आकर्षित भएका हुन्। टाटा टियागो ईभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ। 

images

टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनिय ब्रान्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसावले पनि नेपालका लागि उपयुक्त रहेको छ। दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ।

टियागो ईभी दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध रहेको छ। १९.२ किलोवाट आवर र २४ किलोवाट आवर ब्याट्री उपलब्ध छ। १९.२ ब्याट्री प्याक रहेको यो ईभीले २ सय ५० किलोमिटर र २४ किलोवाट आवर ब्याट्रीयुक्त टियागो ईभीले ३ सय १५ किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। 

सिप्रदीले टियागो ईभी ४ कलर अप्सनमा उपलब्ध गराएको छ। टाटाले हाल भारतीय बजारमा नेक्सन ईभी, नेक्सन ईभी म्याक्स, टिगोर ईभी र टियागो ईभी बिक्री गर्दै आएको छ। टाटाका सबै विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ। 

लिक्युड-कुल्ड ब्याट्री र मोटरका साथ उपलब्ध टियागो ईभीमा कम्पनीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ। विद्युतीय कारको बिक्री बढेसँगै सिप्रदीले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा चार्जिङ नेटवर्क विस्तारमा समेत विशेष ध्यान दिएको छ। 

टियागो ईभीमा १५ एम्पियर प्लगबाट चार विभिन्न चार्जिङ अप्सन दिइएको छ। ३.३ केडब्लू एसी र ७.२ केडब्लू एसी होम फास्ट चार्जरले ३० मिनेट चार्ज गर्दा ३५ किलोमिटर कार कुदाउन सकिन्छ। १० देखि सय प्रतिशत पुग्न ३ घण्टा ३६ मिनेट लाग्ने छ भने टियागो ईभीका लागि डीसी फास्ट चार्जिङ पनि उपलब्ध छ।


प्रकाशित : मंगलबार, असार ४ २०८११९:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend