शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

एनसेलले ल्यायो ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना

images
मंगलबार, असार ४ २०८१
images
images
एनसेलले ल्यायो ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना

हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्नेगरि नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विषेशता हो।

images
images

काठमाडौं- एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको छ। यो योजनाअन्तर्गत एनसेलका ग्राहकले आफूलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफै बनाउन सक्नेछन्।

images
images
images

चाहे त्यो आफ्नो जन्मदिन होस्, आफ्नो सहयात्रीलाई पहिलोपटक भेटेको दिन होस्, या सवारी साधनको नम्बर होस् वा अन्य कुनै महत्वपूर्ण मिति वा नम्बर, अब त्यसलाई सधैँका लागि आफ्नै मोबाइल नम्बरमा परिणत गर्न सकिने एनसेलले जनाएको छ।

एनसेलका अनुसार यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट सुरु हुन्छ। विशेष 'सधैँ अन' नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६ अंक आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्छन्।

images

ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरी आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए/नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्छन्। हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्नेगरि नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विषेशता हो। 

images

'मोबाइल नम्बर हाम्रो पहिचान बनिसकेको छ,' एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, 'आफूलाई जीवनभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना सञ्चालनमा ल्याउन पाउँदा हामी एकदमै खुशी छौँ। ग्राहकले आफूलाई मात्र नभइ आफ्नो नम्बरसँग मिल्नेगरि परिवारजन र साथीभाइलाई पनि यस्तो नम्बर रोजिदिन सक्छन्। यो एक सेवामात्र नभइ सम्बन्धहरुलाई थप प्रगाढ बनाउने माध्यम पनि हो।'

यस योजनाअन्तर्गत, ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि ९ लाख बढी मोबाइल नम्बरहरू उपलब्ध रहेका छन्। एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरु वितरण गर्नेछ। यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैँ अन’ प्लानअन्तर्गत ५ सय ९९ देखि १ हजार ४ सय ९९ रूपैयाँसम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने छ।

सधैँ अन योजनाका प्लानहरुअन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन्। *१२३# डायल गरेर ‘सधैँ अन’ प्लानहरू सुचारु गर्न सकिन्छ।

बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ वटा एनसेल सेन्टरहरू मध्ये कुनै पनि सेन्टरमा गइ लिन सक्नेछन्। काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ।

बुकिङ गराएको नम्बर ७ दिनभित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सूचीबाट स्वत: हट्नेछ र सो नम्बर अरु ग्राहकले पनि लिन सक्ने एनसेलले जनाएको छ। एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजनाअन्तर्गत ग्राहकहरूले नम्बर मात्र रोज्दैनन्, उनीहरुले आफ्नो विशेष सम्झनाको एक सिम अर्थात् नम्बर सधैँ आफ्नो साथ बोक्नेछन्।


प्रकाशित : मंगलबार, असार ४ २०८११६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend